Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्समा देखियो चमक, ३२ प्रतिशतले नाफा बढ्दा प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २४ बैशाख २०७६, ११ : ४६ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्समा देखियो चमक,  ३२ प्रतिशतले नाफा बढ्दा प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा खुद नाफा ३२ प्रतिशतले वृद्धि गरि ४ करोड १ लाख ६६ हजार रुपैंया नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ करोड ३ लाख ४५ हजार रुपैंया मात्रै खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ४९ लाख रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ७ करोड ८४ लाख रुपैंया मात्र खुद बीमाशुल्क आर्जन गरेको थियो । भने यस वर्ष जगेडा कोषमा १३ करोड ८ लाख ३९ हजार रुपैंया जम्मा गरेको छ। इन्स्योरेन्सको चुक्ता पूँजी २७ करोड ३९ लाख ८३ हजार रुपैंया छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैंया ६६ पैसा रहेको छ।  भने तिशेयर नेटवर्थ २३० रुपैंया ७७ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको