Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले यसरी गर्यो चमत्कारिक प्रगति

बुधबार, २५ बैशाख २०७६, १२ : ४३ मा प्रकाशित

मेगा बैंकले यसरी गर्यो चमत्कारिक  प्रगति

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो  त्रैमास अवधिमा १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा  मेगाले ५२ करोड ४९ लाख ४ हजार मात्र खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा १३१ दशमलव ३३ प्रतिशतले बढी देखिएको हो। 

मेगा बैंकले यस अवधिमा २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने  चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुर्याएको छ।  

बैंकले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा सञ्चालन नाफा १ अर्ब ७० करोड ५७ लाख ८५ हजार रुपैयाँ  पुर्याएको छ।  त्यस्तै  चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ । भने बैंकले जगेडा कोषमा  १ अर्ब ९४ करोड ९७ लाख ८४ हजार रुपैयाँ मात्र जम्मा गरेको छ ।

मेगा बैंकले यो नौं महिना अवधिमा ७५ अर्ब २१ करोड १७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५८ करोड ६५ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिसम्म निक्षेप ६३ अर्ब ४९ करोड ८९ लाख ९९ हजार र कर्जा लगानी ५५ अर्ब ५२ करोड ८६ लाख ४२ हजार रुपैयाँ मात्र थियो । 

बैंकको रिटेन्ड् अर्निङ ७७ करोड २५ लाख १२ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म यसको वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
 
बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको