Like us!
Follow us!
Connect us!
Watch us!

सानिमामाई हाइड्रोपावरको शेयरमा लगानी गर्नु अघि हेरौं, कम्पनी विश्लेषण

अर्थ संसार

विहीबार, २६ बैशाख २०७६, ११ : १२ मा प्रकाशित

सानिमामाई हाइड्रोपावरको शेयरमा लगानी गर्नु अघि हेरौं, कम्पनी विश्लेषण

कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा विद्युत् विक्रीबाट रू. ६० करोड २८ लाख २३ हजार आम्दानी गरेको छ । गतवर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. ५६ करोड ६९ लाख १३ हजार आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीले रू. २२ करोड ९३ लाख ८१ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्षको सोही अवधिमा रू. २० करोड २० लाख ५ हजार थियो ।

सानिमामाई हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहिबार, बैशाख २६, २०७६)

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड १० लाख छ । हाल कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ८८ छ । बुधवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनको तुलनामा ८ अंक घटेर रू. २५८ कायम भएको छ । यस दिन कम्पनीको १८ हजार २०७ कित्ता शेयर कारोबार भएको छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इभिनिङ स्टार बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ३० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. २५८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २७६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २२७ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको