Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको नाफा एक अर्ब बढी, यस्ता देखिए अन्य सूचक

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, १२ : ३३ मा प्रकाशित

प्राइम  बैंकको नाफा एक अर्ब बढी, यस्ता देखिए अन्य सूचक

अर्थ संसार, काठमाडौं - प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार प्राइम बैंक पनि अर्बपति सुचिमा उक्लिएको छ।  

यस वर्षको नौं महिनाको अवधिमा बैंकले खुद नाफा ३१ दशमलव ३६ प्रतिशतले वृद्धि गरि १ अर्ब ५४ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै बैंकले बैंकले जगेडा कोषमा २ अर्ब ३३ करोड ३८ लाख ६ हजार रुपैयाँ जम्मा गरेको छ। 

खुद ब्याज आम्दानी 

प्राइमले यस अवधिमा खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४२.१५% ले बढाएर २ अर्ब ६० करोड १५ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ अर्ब ८३ करोड १ लाख २३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ७९ लाख ८८ हजार रुपैयाँ रहेको छ । चैत मसान्त सम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
 
सञ्चालन नाफा

सञ्चालन नाफा गत वर्षको यसै अवधिको तुलनामा २८.६७% ले बढेर २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ७० करोड ९१ हजार ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
 

निक्षेप संकलन

बैंकले यस अवधिमा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी गरेको छ । ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको हो ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

प्राइमको प्रतिशेयर आम्दानी यस अवधिमा ६ रुपैयाँ १३ पैसाले बढेर २५ रुपैयाँ ६९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको