Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, १५ : ५८ मा प्रकाशित

महालक्ष्मी लाईफ  र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको