अर्थ संसार,काठमाडौं– गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कलेज अफ मेडिकल साइन्सचितवन (पुरानो मेडिकल कलेज) बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनकातर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्षरीत सम्झौता एक समारोहकाबीच कलेजको तर्फबाट जनसम्पर्क तथाबजार विभाग प्रमुख दुर्गा प्रसाद न्यौपाने र ईन्स्योरेन्सको तर्फबाट नारायण कुमार भट्टराईले आदानप्रदान गर्नुभयो ।
सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बीमित र बीमा अभिकर्ताहरुलाई अस्पतालले प्रदानगर्ने सेवाशुल्कमाविशेष छुट प्रदान गरिनेछ भने अस्पतालमा कार्यरत कर्मचारीहरु तथा निजका परिवारहरुलाई जीवनबीमा गराउदा विशेष सहुलियत दरमाबीमा शुल्क निर्धारण गरी बीमालेख जारी गर्ने र विभिन्नअध्ययन, अनुशन्धानतथाअवलोकनमाआउने विद्यार्थी तथा कर्मचारीहरुलाई गुराँस लाइफ ईन्स्योरेन्सले आवश्यक सहयोग गर्ने र दुवै संस्थाद्धारा अन्य व्यवस्थापकिय र प्राविधिक सहकार्य तथा समन्वयलाई उच्च प्राथमिकतामा राखिने कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस