Like us!
Follow us!
Connect us!
Watch us!

दुई बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक, कसले कति कमाए ?

सोमबार, ३० बैशाख २०७६, १२ : २४ मा प्रकाशित

दुई बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक, कसले कति कमाए ?

अर्थ संसार, काठमाडौं - अजोड इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी दुई कम्पनीको प्रतिवेदन अनुसार अजोड इन्स्योरेन्सले यस अवधिसम्ममा  बीमा शुल्क २५ करोड भन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको भने  बीमा शुल्क ओरालो लागेको छ।  

 अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त सार्वजनिक विवरण अनुसार कम्पनीले यस वर्षको नौं महिनाको अवधिमा  २५ करोड ४  लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ९ करोड २९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीमा  हाल २९  हजार  ४  सय ७ बीमा लेख संख्या कायम छन्।  कम्पनीले तेश्रो त्रैमास सम्म २ करोड ६० लाख खुद नाफा गरेको छ।कम्पनीको हाल पुँजी ७० करोड रुपैयाँ छ।

निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनु पर्नेमा कम्पनीले बाँकी रकम आईपीओमा निस्काशन गर्ने देखिन्छ। कम्पनीको जगेडा कोषमा १ करोड ९८  लाख संचित छ भने बीमा कोषमा २ करोड ३० लाख रुपैया संचित छ। तेश्रो त्रैमास सम्म कम्पनीले १ करोड १ लाख  कुल दावी भुक्तानी गरेको छ भने ४६ लाख १२  हजार खुद दावी भुक्तानी गरेको छ।१ करोड १४ लाख रुपैया भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ ।

कम्पनीको प्रति शेयर आम्दानी ४  रुपैया ९७ पैसा आउछ भने १०६ रुपैया १२ पैसा किताबी मूल्य छ।

लुम्बिनी जनरल इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घटेको छ भने खुद नाफामा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमा शुल्क ८ करोड ७२ लाख रुपैयाँले गिरावट आएको हो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले ४६ करोड २५ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ५४ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्कमा घटेपनि खुद नाफामा भने सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा ४६ लाख रुपैयाँले खुद नाफा बढाएको हो । गत आर्थिक वर्षको यही अवधिमा १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले पुर्नबीमा कमिशन आयबाट ११ करोड, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले २० प्रतिशत अर्थात १७ करोड ६० लाख रुपैयाँ हकप्रद जारी गरी एक अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ ।

इन्स्योरेन्सको बीमा कोषमा ५१ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा २१ करोड ७१ लाख रुपैयाँ र महा विपत्ती कोषमा ४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।

एक लाख १७ हजार १२६ वटा बीमालेख जारी गरी कम्पनीले कुल ९० करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । इन्स्योरेन्सले ३ हजार ४४१ वटा दाबी वापत ५१ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ८९८ वटा दाबी वापत ६६ करोड ८० लाख रुपैयाँ भूक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रति शेयर आम्दानी २२ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात २२.४६ गुणा बढी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको