Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकको नाफा घट्दा जगेडा कोष र प्रतिशेयर आम्दानी कम्जोर

सोमबार, ३० बैशाख २०७६, १३ : ०४ मा प्रकाशित

सेन्चुरी बैंकको नाफा घट्दा जगेडा कोष र प्रतिशेयर आम्दानी  कम्जोर

अर्थ संसार, काठमाडौं - सेन्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  उक्त विवरण अनुसार यस वर्ष बैंकको नाफामा गिरावट आएको छ।  बैंकले यस अवधिमा ६१ करोड ६ लाख ७१ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६७ करोड १५ लाख २६ हजार नाफा आर्जन गरेको थियो।  अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ९ दशमलव ०६ प्रतिशतले घटेको हो ।

त्यस्तै यस वर्ष बैंकको खुद ब्याज आम्दानीमा भने राम्रो प्रगति देखिएको छ।  यस वर्ष बैंकले १ अर्व ९७ करोड १७ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष बैंकले वर्ष १ अर्ब ३५ करोड ७३ लाख ७२ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो, जुन गत वर्षको तुलनामा भन्दा ४५ दशमलव २६ प्रतिशतले बढी हो। 
  
तेस्रो त्रैमाससम्म सेन्चुरीले ५७ अर्ब ८२ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ३९ करोड ९३ लाख ६४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, गत वर्ष ९३ करोड ६६ लाख ४४ हजार रहेको सञ्चालन नाफा चैत मसान्तसम्म आइपुग्नदा ६ दशमलव ७५ प्रतिशतले घटेर ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँमा आएको छ । भने बैंकको वितरण योग्य नाफा ३४ करोड ५९ लाख ९६ हजार रुपैयाँ मात्र रहेको छ ।चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड २८ लाख १३ हजार रुपैयाँ छ । 
 
 यसैगरी, प्रतिशेयर आम्दानी पनि ११ रुपैयाँ १० पैसाबाट घटेर ९ रुपैयाँ ८७ पैसामा आएको छ । प्रतिशेयर नेटवर्थ भने १२४ रुपैयाँ ८६ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको