Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बिमा कम्पनीको नाफा २६.७० प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति ?

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, १२ : ४९ मा प्रकाशित

राष्ट्रिय बिमा कम्पनीको नाफा २६.७० प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं - राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको प्रतिवेदन सार्वजनिक गरेको छ।  कम्पनीले यस अवधिमा ५८ करोड ४८ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड १३ लाख २३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा २६ दशमलव ७० प्रतिशतले बढी देखिएको हो। 

त्यस्तै कम्पनीले यस अवधिमा ३० करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद बीमा बिमा शुल्क आर्जन गरेको छ।  जुन गत वर्षको तुलनामा यस वर्ष ६८ दशमलव ९७ प्रतिशतले बढी हो । त्यसैगरी कम्पनीले पुनर्बिमा कमिसनबाट १६ करोड ४९ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ । राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख २ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ५५ करोड २४ लाख ८४ हजार रुपैयाँ रहेको छ । यस इन्सुरेन्सको बिमा कोषमा १ अर्ब ६४ करोड ४७ लाख ४३ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष बिमा कोषमा १ अर्ब ३० करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
 
कम्पनीले कर्जा तथा अन्य लगानीबाट २१ करोड २६ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १७ करोड २१ लाख २८ हजार रुपैयाँ मात्र थियो । यस वर्ष कम्पनीको जगेडा कोषको आकार पनि बढेर २ अर्ब ३६ करोड ३० लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको तुलनामा जगेडा कोषको आकार १६ दशमलव ६४ प्रतिशतले बढेको हो। 
 
त्यस्तै राष्ट्रिय बिमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २९२ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ ९८६ रुपैयाँ २४ पैसा छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी १७३ रुपैयाँ १ पैसा थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको