अर्थ संसार, काठमाडौं - नेपाल लाइफ इन्सुरेन्सले जेठ ४ गते शनिबारका लागि साधारणसभा आह्वान गरेको छ। सभा होटल दियालो लर्डस प्लाजा, वीरगन्जबाट बिहान ९ः३० बजेबाट सुरु हुने भएको कम्पनीले जनाएको छ।
इन्स्योरेन्सले ४८ दशमलव ५ प्रतिशत लाभांशको प्रस्ताव पेश गर्नेछ। कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर र २३ दशमलव ५ प्रतिशत नगद गरी कुल ४८ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गरेको छ । वैशाख १८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस