अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२५ र ७५ वटा एटिएम बाट बैंकले सेवा दिईरहेको छ ।
ढोरफिर्दीर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाहगर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस