Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बैंकासुरेन्स सम्झौता

मिलन खड्का

मंगलबार, ०७ जेठ २०७६, ११ : ४८ मा प्रकाशित

ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं- ज्योतिविकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीकाबीच एक समारोहका बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवनबीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ।

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज ज्ञवालीज्यूले र इन्स्योरेन्सकम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री बिजयबहादुर शाहज्यूले हस्ताक्षर गर्नुभएको छ । यस बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 
हाल यस बैंकले ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।हालसम्म बैंकले करिब २ लाख ४८ हजार ८ सय भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको