Like us!
Follow us!
Connect us!
Watch us!

ओरिएण्टल इन्स्योरेन्सको नौं मनाहिनामा नाफा १६ करोड माथि

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १५ : १३ मा प्रकाशित

ओरिएण्टल इन्स्योरेन्सको नौं मनाहिनामा  नाफा १६ करोड माथि

अर्थ संसार, काठमाडौं- ओरिएण्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवारमअनुसार यस वर्षको नौं महिनाको अवधिमा १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत बर्ष यस कम्पनीले १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 

चालु आर्थिक बर्याको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्स कम्पनीले ५६ करोड २० लाख खुद बीमा शुल्क आर्जन गरेको छ जुन गत बर्षको तुलनामा झण्डै साढे ८ करोड रुपैयाँले बढि हो । गत वर्ष कम्पनीले ४८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै कम्पनीले पुर्नबीमा कमिशनवाट ३ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

भारतीय लगानी रहेको आरियन्टल इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ३६ लाख रुपैयाँ छ भने बीमा कोषमा ५९ करोड ६२ लाख रुपैयाँ छ ।

९ महिनाको अवधिमा कम्पनीले १४ हजार ९०१ बीमालेख जारी गरि ६८ करोड ९४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक हजार ३५९ दाबी वापत ४६ करोड ८९ लाख दाबी भुक्तानी गरेको छ भने एक हजार १२३ दाबी वापत ४८ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको