Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबिच सम्झौता

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १२ : १३ मा प्रकाशित

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबिच सम्झौता

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबिच रेमिटेन्स सेवा सुरु भएको छ । 

सम्झौतापश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्ने भएका छन् । 

यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा भएका ग्राहकहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बैंकले विश्वास लिएको छ । 

एक कार्यक्रमकाबिच राष्ट्रिय वाणिज्य बैंक को तर्फबाट कोष (ट्रेजरी)प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरे ।


सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको