अर्थ संसार, काठमाडौं– गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
मिति२०७६जेष्ठ ९गते बिहीबार आयोजित एक कार्यक्रममागरिमाविकास बैंक लिमिटेडको तर्फबाट प्रमूखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सो सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंककासम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्नेछन ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै देशका थप१५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस