Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको नयाँ शाखा कलैयामा

शुक्रबार, १० जेठ २०७६, १५ : २३ मा प्रकाशित

सिटिजन लाइफको नयाँ शाखा कलैयामा

अर्थ संसार, काठमाडौं– ग्राहक वर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त नयाँ शाखाको उद्घाटन भएको थियो । कलैयाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको हो ।   

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ । नेपालभर फैलिएको सिटिजन लाईफ इन्स्योरेन्सको ७३ वटा कार्यालयहरु छन् ।

नेपालीहरुको आवश्यकता र जोखिमलाई न्यून गर्नको निमित्त विभिन्नआकर्षक जीवन बीमा योजनाहरु उपभोक्ताहरु माझ ल्याउन सदैव तत्पर सिटिजन लाइफ यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुदनाफामा १२० प्रतिशत भन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानीगर्न सफल भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको