Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुर्नर्बीमा कम्पनीको एजीएम जेठ ३१ मा हुँदै

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, ११ : १२ मा प्रकाशित

नेपाल पुर्नर्बीमा कम्पनीको एजीएम जेठ ३१ मा हुँदै

अर्थ संसार, काठमाडौं- नेपाल पुर्नर्बीमा कम्पनीको साधारणसभा यहि जेठ ३१ गते हुने भएको छ ।  होटल हिमालय पुल्चोकमा अपराह्न ५ बजे बाट सुरु हुनेछ । 

सभामा संचालक समिचितको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७४ /७५ को बार्षि प्रतिवेदनमाथि छलफल पारित गर्ने छ । साथै, आर्थिक वर्ष २०७४ /७५ को लेखाप्रतिवेदन, वासलात तथा नाफा नोक्सान सहितको आर्थिक प्रतिवेदन छलफल पारित गर्ने । त्यसैगरी आर्थिक वर्ष २०७५ /७६ को लेखा परिक्षण गर्न लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम लेखा परिक्षकको नियुक्ति गर्ने निर्णय समेत सभामा हुने छ ।

उक्त साधारण सभामा सञ्चालक समितिको निर्णय अनुसार चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च अनुमोदन गर्ने र नेपाल सरकार, नियामक निकाय तथा कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्ष् कुनै निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न निर्देशन आएमा सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको