Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोपावरको नाफा ओरालो लाग्यो

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १३ : ३२ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोपावरको नाफा ओरालो लाग्यो

अर्थ संसार, काठमाडौं- पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीको सर्वाजनिक वित्तीय विवरण अनुसार यस वर्षको नौं महिनाको अवधिमा ३ करोड ९६ लाख एक हजार रुपैयाँ  नोक्सानी व्यवहोरेको गरेको छ।

 पञ्चकन्या माईले गत वर्षको सोही अवधिमा एक करोड ८८ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो । चैत मसान्तसम्म कम्पनीले दुई आयोजनाबाट नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रीबाट २६ करोड ७३ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको यस्तो आम्दानी २७ करोड ३४ लाख ५५ हजार थियो।

पञ्चकन्या माईको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । चैत मसान्तसम्ममा विद्युत बिक्रीबाट २६ करोड ७३ लाख ७८ हजार रुपियाँ आम्दानी गरेको छ । गत वर्ष भने विद्युत बिक्रीबाट २७ करोड ३४ लाख ५५ हजार रुपैयाँ कमाएको थियो । यसको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । रिजर्भ कोष १२ करोड ४६ लाख १९ हजार रुपियाँ ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्ममा यो हाइड्रोपावर प्रतिसेयर ३ रुपैयाँ ६० पैसा घाटामा छ । यस अवधिमा पञ्चकन्या माईको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ६७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको