Like us!
Follow us!
Connect us!
Watch us!

अनिर्वाचित ‘नेपो किड्स’ले राज्य संयन्त्रलाई कब्जा गर्दैछन् – वर्षमान पुन

अर्थ संसार

मंगलबार, ३० असार २०८३, १० : ३८ मा प्रकाशित

अनिर्वाचित ‘नेपो किड्स’ले राज्य संयन्त्रलाई कब्जा गर्दैछन् – वर्षमान पुन

पूर्व अर्थमन्त्री वर्षमान पुनले देशमा निर्वाचित प्रतिनिधिमाथि 'नेपो किड्स'हरू हाबी भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पुनले सचिव र कर्मचारीहरू बोल्न नसक्ने अवस्थामा रहेको र सल्लाहकारका नाममा यस्ता नेपो किड्सहरूले अवैध सत्ता चलाइरहेको गम्भीर आरोप लगाएका हुन्।

विशेष गरी पासपोर्ट ठेक्का प्रकरणबारे छलफल गर्न बोलाइएको उक्त बैठकमा उनले प्रधानमन्त्रीको सचिवालयमा रहेका नेपो किड्सहरूले राज्य संयन्त्रको हुर्मत लिएको र यसरी संवैधानिक व्यवस्था भत्काउँदा अदालत तथा संवैधानिक निकायहरू समेत लाचार बनेको दाबी गरे।

प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई थुनेर धम्की दिएको भन्दै उनले स्वार्थ समूहकै इसारामा पासपोर्ट ठेक्कामा चलखेल भएको आरोप लगाए। हालको कर्मचारीतन्त्र त्रासमा रहेको उल्लेख गर्दै पुनले समितिमा बोलेकै कारण आफ्नो घर अगाडि समेत सत्ता पक्षले गाडी तेर्स्याएर अवरोध सिर्जना गर्न सक्ने त्रास रहेको टिप्पणी गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको