Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तको एजीएम जेठ १८ मा हुने

कमला भुसाल

मंगलबार, १४ जेठ २०७६, १३ : ३१ मा प्रकाशित

श्रृजनशील लघुवित्तको एजीएम जेठ १८ मा हुने

अर्थ संसार, काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्थाले जेठ १८ गते विशेष साधारण सभा बोलाएको छ । सभा श्रृजनशीलको केन्द्रीय कार्यालय गोलबजार–७, चोहर्वा सिराहामा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा १०० प्रतिशत हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने मुख्य एजेन्डा रहेको छ । संस्थाले वर्तमान चुक्ता पुँजी ७ करोड रुपैयाँबाट बढाएर १४ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पेश गर्न लागेको हो । 
 
यस्तै, अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुनेछ । हाल यस लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । सभामा २०७५/७६ का लोखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गर्ने भएको । 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको