Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकास्योरेन्स सम्झौता

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १२ : ०९ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकास्योरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु के.सी.र सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरे ।

यस सम्झौता अन्र्तगत सिद्धार्थ बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको