Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले  दुई अर्ब बराबरको ऋणपत्र जारी गर्दै, क-कसले आवेदन दिन पाउने ?

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, ११ : ५४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले  दुई अर्ब बराबरको ऋणपत्र जारी गर्दै, क-कसले आवेदन दिन पाउने ?

अर्थ संसार, काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले  दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ।  बैंकले यहि जेठ २४ गतेदेखि वार्षिक १०.५ प्रतिशत ब्याजदरमा ६ वर्ष अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो।  

बैंकले जारी गर्न लागेको कुल ऋणपत्रमध्ये ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताका लागि  ४० हजार इकाई सामूहिक लागानी कोषहरुका लागि र बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नक्साल र नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट आवेदन दिन पाइनेछ । साथै, सी–आस्वाको माध्यमबाट पनि भर्न सकिनेछ ।

यो ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार २२ गतेसम्म भर्न सकिनेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको