Like us!
Follow us!
Connect us!
Watch us!

जीवन सारथी योजनाअन्तर्गत सिटिजन लाइफद्वारा ३ लाख प्रदान

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १३ : ५४ मा प्रकाशित

जीवन सारथी योजनाअन्तर्गत सिटिजन लाइफद्वारा ३ लाख प्रदान

अर्थ संसार– काठमाडौं– सिटिजन लाईफ इन्स्योरेन्सले जीवन सारथी योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीले बीमित स्वर्गिय श्रिचन महतोकी श्रीमती जानकी महतोलाई दाबी भुक्तानी वापत ३ लाख रुपैंया रकम भुक्तानी गरेको छ । कम्पनीले बर्दिबास, महोत्तरीमा एक कार्यक्रम गरी सटिजन लाईफ बर्दिबासका शाखा प्रमुखले जानकीलाई उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेका हुन् । 

ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ। 

जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधिउपचार खर्च प्राप्तगर्नेछन्। 

सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले हालसम्म देशका ७३ वटा ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको