अर्थ संसार, काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीको लागि बम्पर लाभांशको प्रस्ताव अघि सारको छ ।
शुक्रबार बसेको संचालक समितिको बैठकले ८३.९९ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ । जसमा ७९.७९ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको करको प्रयोजनार्थ ४.२० प्रतिशले गरी जम्मा ८३.९९ प्रतिशतको लाभांश प्रस्ताव अघि सारेको हो ।
बैैठकले उक्त प्रस्तावित लाभांश नियमन निकाय बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ । बीमा समितिबाट स्वीकृत भई सकेपछि कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस