अर्थ संसार, काठमाडौं- राष्ट्र बैंकले पाँच अर्ब १३ करोडको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार दुई भिन्न किसिमका पाँच अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल मंगलबार हुँदैछ ।
राष्ट्र बैंकले दिएको जानकारीअनुसार ९१ दिनको लागि जारी हुन लागेको तीन अर्ब १३ करोड बराबरको ट्रेजरी बिल २०७६ भदौ १७ गते परिपक्व हुनेछ । त्यसैगरी तीन सय ६४ दिनको लागि जारी हुनलागेको दुई अर्ब बराबरको ट्रेजरी बिल २०७७ जेठ २ गते परिपक्व हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस