Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्टले ग्राहकवर्गको लागि ल्यायो यस्तो सेवा, के होला ?

सोमबार, २० जेठ २०७६, १८ : ०१ मा प्रकाशित

सांग्रिला डेभलपमेन्टले ग्राहकवर्गको लागि ल्यायो यस्तो सेवा, के होला ?

अर्थ संसार, काठमाडौं–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुबाट संध्याकालिन काउण्टर र होलिडे काउण्टर थप शाखाहरुमा संचालनमा ल्याएको छ । 

ग्राहकवर्गको माग तथा सुविधालाई मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरुमा जेठ १५ गतेदेखि संध्याकालिन काउण्टर र जेठ १८ गतेदे होलीडे काउन्टरको सुविधाहरु थप गरिएको बैंकले जनाएको छ ।

सोही बमोजिमआफ्ना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकि¨ सेवा प्रदान गर्दै आएको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ । थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् ।

थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकि¨ सेवा प्रदान गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।

सार्वजनिक विदाको समयमा पनि बैंकि¨ सेवा प्रदान गर्न शुरु गरिएको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट १८ बिहान १० बजे देखि ३ बजे सम्म गा्रहकवर्गको निम्ति बैकिङ्ग सेवा खुल्ला रहेको व्यहोरा समेत जानकारी गराउँदछौ ।

संध्याकालिन काउण्टर रहने शाखा कार्यालयहरु

5cf513e7ec2a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको