Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढेको बढ्यै, हेर्नुहोस आज कतिले बढ्यो ?

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, १० : ४८ मा प्रकाशित

सुनको मूल्य बढेको बढ्यै, हेर्नुहोस आज कतिले बढ्यो ?

अर्थ संसार, काठमाडौं – साताको तेस्रो दिन आज मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ६१ हजार ५०० रुपैयाँमा कारोबार भइरेको छापावाला सुनको मूल्य आज २०० रुपैयाँले बढेर  ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। 

त्यसैगरी आज तेजाबी सुनको मूल्य ६१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।  सोमबारको तुलनामा आज तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले बढेको हो।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५२ हजार ९०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५२ हजार ६४५ रुपैयाँ कायम गरेको छ। 

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेर ७१० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपैयाँ कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको