अर्थ संसार, काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निश्कास गरेको साधारण शेयर (आईपीओ) बुधबार बिहान १० बजे बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ । जेठ १३ गते देखि १६ गते सम्म कुल ६ लाख ७४ हजार कित्ता शेयर निश्कासन भएको आइपीओमा ६८ लाख ४ हजार कित्ताका लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार अन्तिम दिन सम्ममा कुल ३ लाख ३२ हजार ९७५ जनाले ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यस आधारमा इन्फिनिटीको आइपीओमा माग भन्दा १०.८० गुणा बढी कित्ताका लागि आवेदन परेको देखिन्छ ।
यसमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई दिइएको छ । यसैगरी, १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस