Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता र मेरो शेयरको नबीकरण अब अनलाइनबाटै

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, १६ : २९ मा प्रकाशित

नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता र मेरो शेयरको नबीकरण अब अनलाइनबाटै

अर्थ संसार, काठमाडौं- नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको हितग्राही खाता सञ्चालन नबिकरण तथा मेरो शेयरको वार्षिक नबीकरण शुल्क सिधै अनलाईन मार्फत भुक्तानी सकिने भएको छ । साथै नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाईन मार्फत नै मिलाईएको कम्पनीले जनाएको छ ।

ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने छन् । नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाइएको छ । कम्पनीका अनुसार नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सकिने छ ।

लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्फत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोलिने व्यवस्था समेत मिलाईएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको