Like us!
Follow us!
Connect us!
Watch us!

केन्द्रिय बैंकले आज १५ अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १३ : १५ मा प्रकाशित

केन्द्रिय बैंकले आज १५ अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

अर्थ संसार, काठमाडौं-  नेपाल राष्ट्र बैंकले आज बिहीबार १५ अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव देखिएपछि बैंकले ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको हो। 

रिपो बिहीबार अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । जेठ ३० गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

5cf8c2da06c6a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको