अर्थ संसार, काठमाडौ– काठमाडौँमा आज भोटो देखाउने जात्रा मनाइँदैछ । आज साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ ।
गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा  राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ ।
यसैगरी, समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरको उपस्थिती हुने संस्थानले जनाएको छ ।गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन्। भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
 
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस