Like us!
Follow us!
Connect us!
Watch us!

केन्द्रिय बैंकले ४ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

कमला भुसाल

आइतबार, २६ जेठ २०७६, १२ : २६ मा प्रकाशित

केन्द्रिय बैंकले  ४ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल सोमबार जारी गर्ने भएको छ ।  केन्द्रिय बैंकले एक सूचना जारी गर्दै जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको हो ।

बैंकले यसअघि पनि ५ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

5cfcab170ddb1.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको