Like us!
Follow us!
Connect us!
Watch us!

एक आपसमा गाभिँदै यी दुई हाउजिङ्ग कम्पनी

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, १३ : ४० मा प्रकाशित

एक आपसमा गाभिँदै यी दुई हाउजिङ्ग कम्पनी

अर्थ संसार, काठमाडौं- दुई हाउजिङ्ग कम्पनीहरुले एकैदिन संयुक्त विशेष साधारण सभा आह्वान गरेका छन । कञ्चनजंघा हाउजिङ्ग र संकल्प इन्भेष्टमेन्ट एण्ड होल्डिङ्ग कम्पनीले आगामी असार १४ गते बिहान १० बजे अल्फा हाउस, नयाँबानेश्वरमा साधारणसभा गर्ने भएका हुन्।

सभाबाट दुई वटा एक आपसमा गाभिने भएका छन्। दुबै कम्पनीले मर्जर प्रस्ताव पारित गराउन आगामी हुने दुबै कम्पनीको संयुक्त विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गर्नेछ । बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/ गाभिने क्रम चल्दै गर्दा हाउजिङ्ग कम्पनीहरुले पनि मर्जरमा जाने प्रक्रिया सुरु गरेका हुन्। 

सभामा कम्पनीहरु मर्जर पछि कम्पनीको नाम परिवर्तन गर्ने, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ। 

मर्जर पछि कायम हुने शेयर बाँडफाँडको विषयमा आवश्यक निर्णय गर्ने समेत कम्पनीले जनाएको छ । यस्तै साधारण सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीको सम्बन्धमा पनि छलफल पनि हुनेछ ।

कञ्चनजंघा हाउजिङ्गले त्रिपुरेश्वरको ट्रेडटावर र ललितपुरमा जनता आवास निमार्ण गरी सकेको छ भने तेस्रो फेजमा संकल्प इन्भेष्टमेन्ट एण्ड हिल्डिङ्गसंग मर्जमा गएर काठमाडौंको गौशलामा ४ रोपनी क्षेत्रफलमा ३ स्टार होटल निमार्ण गर्ने तयारी गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको