अर्थ संसार, काठमाडौं– देशको ग्रामिण तहसम्म बैकिङ पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपाल लिमिटेडले बुधबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो ।
मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशब बहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राख्नु भएको थियो ।
यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले समुद्घाटन गर्नुभयो । नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने छ ।
यसै बिच तनहुँको डुमेमाशाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्यशिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएकाछन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधिनिःशुल्क उपलब्ध गराइएको छ ।
यस सँगै जनता बैंकको शाखा संजालपूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्मशहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यस सगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पुर्याउँदै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस