Like us!
Follow us!
Connect us!
Watch us!

युवा उद्यमीलाई राजनीतिमा लाग्न डा. बाबुराम भट्टराईको सल्लाह

मिलन खड्का

विहीबार, ३० जेठ २०७६, ०८ : १७ मा प्रकाशित

युवा उद्यमीलाई राजनीतिमा लाग्न डा. बाबुराम भट्टराईको सल्लाह

अर्थ संसार, काठमाडौं–नेपाल उद्योग परिसंघको युवा उद्यमि मञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग परिसंघ सचिवालयमा अन्तरक्रिया आयोजना गर्यो ।

सो अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईका प्रमुख सल्लाहकार प्रशान्त सिंह पनि उपस्थित हुनुहुन्थ्यो । अन्तरक्रियाको मूख्य उद्देश्य पूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उहाँले नेपालको अबको भविष्य कस्तो देख्नु हुन्छ भन्ने कुरा सुन्ने थियो ।

अन्तरक्रियामा उहाँले राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिदै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गर्नु भयो । नेपाल किन बाँकी विश्व भन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक
तथ्यहरुलाई उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो, “अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देस भित्र पथ्र्यो । तर शाह तथा राणा शासन कालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।”

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देश बीचको गतिशिल पुलको रुपमा आर्थिक विकासगर्ने अवसर प्राप्त भएको पनि उहाँले उल्लेख गर्नु भयो । चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको
पनि पूर्व प्रधानमन्त्री भट्टराईले बताउनु भयो ।

उहाँले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विस्वास रहेको पनि महत्वका साथ उल्लेख गर्नु भयो । छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्व प्रधानमन्त्री भट्टराईको जोड थियो ।

कार्यक्रमको प्रारम्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले डा. भट्टराईको स्वागत गर्नु हुँदै देशको हातमा उद्योग व्यवसायको वस्तु स्थिति बारे परिसंघको धारणा व्यक्त गर्नु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको