Like us!
Follow us!
Connect us!
Watch us!

दुई विकास बैंकलाई मर्जरमा जाने स्वीकृति

कमला भुसाल

शुक्रबार, ३१ जेठ २०७६, ११ : ५२ मा प्रकाशित

दुई विकास बैंकलाई मर्जरमा जाने स्वीकृति

अर्थ संसार काठमाडौं- नेपाल राष्ट्र बैंकले दुई विकास बैंकलाई मर्जरजाने स्वीकृति दिएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

प्रादेशिक स्तरको बैंक बन्ने उद्देश्यसहित साउन १ गतेबाट संयुक्त कारोबार गर्ने दुई बैंकबीच गत माघ पहिलो साता सहमति भएको थियो। दुई विकास बैंक एक बराबर एक शेयर रेसियो अनुपातमा मर्जरमा गएका हुन्। 

मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंक २८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुनेछ भने चुक्ता पूँजी ८१ करोड पुग्नेछ । बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा रहनेछ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकद्वारा जारी मर्जर विनियमावली २०७३, चौथो संसोधन २०७५ ले व्यवस्था गरे लघुवित्त कम्पनीहरु धमाधम मर्जरको प्रकृयामा रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको