Like us!
Follow us!
Connect us!
Watch us!

यी तीन वटा लघुवित्तको एकीकृत कारोबार हुँदै

कमला भुसाल

शुक्रबार, ३१ जेठ २०७६, १२ : ०७ मा प्रकाशित

यी तीन वटा लघुवित्तको एकीकृत कारोबार हुँदै

अर्थ संसार, काठमाडौं- तीन वटा लघुवित्तको एकीकृत कारोबार हुने भएको छ।  रामा रोशन लघुवित्त, एनआरएन लघुवित्त र क्रिएटिभ लघुवित्तले राष्ट्र बैंकबाट मर्जरमा जानको लागि स्वीकृति पाप्त गरेका छन्।

सैद्धान्तिक सहमतिसँगै अब यी लघुवित्त संस्थाहरुले मर्जरका लागि आवश्यक बाँकी प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा पुनः निवेदन गर्नेुपर्छ ।

कैलालीको धनगढी उप महानगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको राष्ट्रीय स्तरको एनआरएन लघुवित्त, कैलालीकै प्रतापपुरमा केन्द्रीय कार्यालय रहेको क्रियटिभ लघुवित्त र अछामको मंगलसेनमा केन्द्रीय कार्यालय भएको रामारोशन लघुवित्तले बैशाख पहिलो साता मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए। नयाँ आर्थिक वर्ष बाट एकिकृत कारोबार सुरु गर्ने लक्ष्य छ ।

सुदुरपश्चिम क्षेत्रका तीन लघुवित्तको एकीकृत कारोबार पश्चात ६२ शाखा सहितको एक सशक्त राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बन्नेछ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकद्वारा जारी मर्जर विनियमावली २०७३, चौथो संसोधन २०७५ ले व्यवस्था गरे लघुवित्त कम्पनीहरु धमाधम मर्जरको प्रकृयामा रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको