Like us!
Follow us!
Connect us!
Watch us!

एनआई सीएशिया बैंकले गर्यो तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

विहीबार, ०५ असार २०७६, १० : ५१ मा प्रकाशित

एनआई सीएशिया बैंकले गर्यो तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

अर्थ संसार, काठमाडौं– एनआई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।

सोहीक्रममा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आफ्नो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा असार बुधबार संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको सीतापुर शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिको रुपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  रविन्द्र कुमार महत र वडा नं. ६ का वडा अध्यक्ष सुरेश कुमार साह सुरीको उपस्थितीमा सम्पन्नभयो । उक्त शाखा रहित बैंकिङ्ग सेवाका बैंक प्रतिनिधिको रुपमा रमेश गुप्तालाई नियुक्त गरिएको छ ।

यसै गरीे गाडागल्ली र मेचीडाँगी शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन मेचीनगर नगरपालिकावडा नं. १ का वडा अध्यक्ष  पासाङ्गतामाङ्गले गर्नुभयो । गाडागल्ली शाखा रहितबैंकिङ सेवाका प्रतिनिधिको रुपमा  भावना श्रेष्ठ र मेची डाँगीशाखा रहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।

शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्यभई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाताखोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुलभुक्तानीगर्ने, स्वीकृत सीमाभित्र रहीकर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्तगर्न सकिनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भा वितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा\शाखारहित बैंकिङ्गसेवा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको