अर्थसंसार,प्योङ्याङ्-चीन र उत्तर कोरियाका शिर्ष नेताहरूबीच दुवै देशको उज्ववल भविश्यका लागि सहकार्य गर्ने सहमति भएको छ ।
अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच बिहीबार सहमति भएको हो ।
उहाँहरूबीचको यो भेटवार्ता र सहमतिलाई ऐतिहासिक विन्दुका रूपमा पनि व्याख्या गरिएको समाचारमा जनाइएको छ । चीनका राष्ट्र प्रमुखबाट १४ वर्ष पछि यसप्रकारको भ्रमण भएको हो ।
उत्तर कोरियाको औपचारिक भ्रमणको लागि यहाँ आएका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी र उत्तर कोरियालाी नेताबीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।
दुई देशको मात्रै नभई क्षेत्रीय र विश्वव्यापी हितका लागि पनि आफुहरूले सँगसगै काम गर्न चाहेको सीले बताउनुभएको छ ।
चीन र उत्तर कोरियाको सम्वन्ध र सहकार्यलाई अन्तर्राष्ट्रियस्तरबाट रणनीतिक महत्वका साथ हेर्ने गरिएको छ ।
चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा आउनुभएको हो ।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउनेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस