Like us!
Follow us!
Connect us!
Watch us!

केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

आइतबार, ०८ असार २०७६, १२ : २७ मा प्रकाशित

केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले १२ अर्ब २८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज ९सोमबार० अपराह्न ३ बजे बोलकबोल हुनेछ ।
 
केन्द्रीय बैंकले २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल साउन ७ गते परिपक्क हुनेछ । ९१ दिनका लागि जारी हुने ४ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी २०७६ असोज ७ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनका लागि जारी हुने ५ अर्बको ट्रेजरी २०७६ पुस ८ गते परिपक्क हुन्छ ।
 
यसअघि असार २ गते केन्द्रीय बैंकले ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकका अनुसार त्यसबेला ९१ दिनका लागि ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी जारी भएको थियो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
 
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
 
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको