Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र Leadership Academy Nepal (LAN)बीच कर्मचारीको  क्षमता अभिबृद्धि र नेतृत्व बिकास  तालिम सम्बन्धि संझौता सम्पन्न

मिलन खड्का

आइतबार, ०८ असार २०७६, १६ : ३० मा प्रकाशित

जनता बैंक र Leadership Academy Nepal (LAN)बीच कर्मचारीको  क्षमता अभिबृद्धि र नेतृत्व बिकास  तालिम सम्बन्धि संझौता सम्पन्न

अर्थ संसार, काठमाण्डौ –जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र Leadership Academy Nepal (LAN)बीच संझौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुरामकुंवर क्षेत्री र LAN काफाउण्डर तथा CTO अरुण राजजोशीले हस्ताक्षर गर्नुभयो । 

Leadership Acadey Nepal (LAN)ले Rice University Business School, USA को उच्च स्तरीय तथा अन्तराट्रिय स्तरको सिप बिकास ,ब्यबसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिपमुलक शिक्षा Online Course, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ । LAN ले बिशेष गरी Advance Leadership Program, Executive Leadership Program, Online Rice Delivery जस्ता कार्यक्रम मार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचारीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता बिकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको