Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको गुनासो : यो सरकारको आतंक नरोकिएसम्म शेयर बजारमा सुधार आउँदैन

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १६ : ४० मा प्रकाशित

लगानीकर्ताको गुनासो : यो सरकारको आतंक नरोकिएसम्म शेयर बजारमा सुधार आउँदैन

कमला भुसाल

अर्थ संसार, काठमाडौं– शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको छ । विगत केही समयदेखि पुँजी बजार ओरालो लाग्दै गए पनि पुराना लगानीकर्ताहरु निराशजनक भएको अवस्था भने देखिएको छैन । नेपालको पुँजी बजारमा हालसम्म सक्रिय तथा निष्कृय गरी करिब २०/२१ लाख लगानीकर्ताले लगानी गरेको अनुमान छ । 

यस्तै करिब आठ वर्षदेखि लगानीकर्ता नवराज उप्रेतीले पुँजी बजारमा लगानी गर्दै आएका छन् । उनले सुरुमा जग्गाहरु बेचेर शेयरमा लगानी गरेका थिए । उनले करिब २२ वर्ष एभरेष्ट होटलमा काम गरेर कमाएको पैसा र सञ्चयकोषमा जम्मा भएको सबै रकम गरी कुल १५ लाख रुपैयाँ जम्मा गरी पुँजी बजरमा लगानी गर्न सुरु गरेका थिए । उनले सुरुमा नेपाल बंगलादेश बैंकको ३/४ हजार कित्ता शेयर किनेर दोस्रो बजारमा प्रवेश गरेका थिए।  त्यसपछि जनता बैंक र नेपाल बैंकका पनि लगानीकर्ता बनेका हुन्।  

उनले यसको प्रतिफल तीनगुणासम्म पाए । त्यसपछी उनले लगानी बढाउँदै गएका छन् । उनले बैंकबाट करिब २ करोड रुपैयाँ भन्दा बढी शेयर कर्जा लिएर लगानी गरिरहेका छन् । शेयर बजारमा लगानी धेरै भए पनि अहिले घटेर ४ करोड भएको उनी बताउँछन् । 

शेयर बजार ओरालो लागेपनि उप्रेतीको लगानीमा कुनै घाटा भएको छैन । जुन बेला शेयर बजार बढेको थियो त्यतिबेला कभर भएको हुनाले उनलाई घाटा भने भएको छैन । उनले अहिले लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागी समय अनुकुल रहेको जानकारी गराउँछन् । अहिले लगानी गर्ने लगानीकर्ताले राम्रो प्रतिफल पाउने उनी बताउँछन् ।

उनी भन्छन,‘अहिले सम्पुर्ण लगानीको तर्फबाट दवाव समुहको सक्रियता,दवाव र अनलाइन प्रणालीको प्रतिफलका कारण अहिले शेयर बजारमा केही सुधार आएको छ ।’

उनले आठ वर्षको अन्तरालमा शेयर बजारमा भएको राम्रो पक्ष बाबुराम भट्टराईको पालामा भन्दा अगाडी भने बजार राम्रो भएको बताए । भट्टराईको पालामा धेरै लगानीकर्ताले कमाएको सबै पैसा गुमाएका थिए । त्यसपछि फेरी २०६३/०६४ सालतीर फेरी बजारमा राम्रो सुधार आएको थियो । अहिले दुई तिहाइको सरकार र अर्थमन्त्रीको विवादास्पदले गर्दा शेयर बजारमा गिरावट आएको उनको भनाई छ । 

अब भने मौद्रिक नीति आउँदैछ । अहिले २०७६/०७७ को बजेट भाषणपछि अर्थमन्त्री पनि शेयर बजारप्रति सकरात्मक भएका कारण अब शेयर बजार बढ्न सक्ने सम्भावना रहेको उनी बताउँछन् । अहिले बैंकको शेयर पनि धेरै सस्तो हुँदै गएको छ । अहिले सिभिल बैंकको शेयर सबैभन्दा सस्तो भएर १४५ मा आइसकेको छ । नेपाल बैंक पनि २१५/२० मा आएको छ ।

त्यस्तै अर्का लगानीकर्ता १२ वर्षदेखि पुँजी बजारमा लगानी गरेको पाल्पाका लगानीकर्ता ऋराम खनाल बजार घटेपनि उनी बिचलित भएका छैनन् । उनले १२ वर्ष अगाडी करिब ६ लाख रुपैयाँ पुँजी बजारमा लगानी गरेका थिए । उनले पँजी बजारमा लगानी गर्नाले यसबाट राम्रो प्रतिफल काएका छन् । १२ वर्षको अन्तरालमा उनले काठमाडौंमा घर जग्गा जोडिसकेका छन् । 

उनले १२ वर्ष भन्दा पहिले लगानी गरेको हिसाबमा अहिले लगानी गर्दा अहिले फाइदा भएको उनले बताए । उनी भन्छन,‘बजार घट्ने,बढ्ने क्रम जारी रहिरहन्छ अब भने बढ्ने आशा छ ।’ बजार घटेको बेला धेरै लगानीकर्ता विशेषगरी नयाँ लगानीकर्ता विचलित हुने गदर्छन । तर, उनी भने बजार घट्नु नै बढ्नु हो, किन आत्तिनु आत्तिनुको जरुरत नै छैन भन्छन् । 

पुँजी बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्तालाई उनले अहिले लगानी गर्नको लागी यो समय उचित रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले बजार घटिसकेर अब बढ्ने ट्रेन्डमा रहेको हुनाले नयाँ लगानीकर्ता जति आउँछन् त्यती उनीहरुलाई फाइदा छ ।’ 

उनले नयाँ लगानीकर्तालाई बजार घट्दो ट्रेन्डमा लगानी नर्गन सुझाब दिन्छन् । घट्दो ट्रेन्डमा लगानी गर्दा बजार लगातार तीन वर्षसम्म घटिरहन्छ । त्यस समयमा लगानीकर्ता आत्तिने गदर्छन। त्यस्तो बेलामा शेयर बेच्न हुँदैन, त्यस्तो बेलामा लगानीकर्ताले होल्ड गर्न सक्नुपर्छ भन्छन् ।

लगानीकर्ता खनालका अनुसार शेयर बजारमा लगानी गर्नको लागि बैंकिङ क्षेत्र राम्रो रहेको बताउँछन् । उनले बैंकले आफ्नो ग्रोथ बढाउने हुँदा अन्य क्षेत्रमा भन्दा बैकिङ क्षेत्रले केही प्रतिशत दिन सक्ने हुँदा बैंकिङ क्षेत्रमा लगानी गर्न राम्रो हुने उनको भनाई छ । 

लगानीकर्ताहरु भन्छन,‘शेयर बजारमा गिरावट आउनुको कारण सरकारले मान्छेहरुलाई आतंकित बनाएर हो। दुई तिहाइको सरकारले जब सम्म लगानीकर्तालाई आतंकित बनाउने काम रोकिन्न तब सम्म शेयर बजारमा सुधार आउँदैन ।’ 

सरकारले भ्याटको आतंक गराएको हुन्छ । कहिले ५ प्रतिशत बाट  ७.५ प्रतिशतमा लग्यो, कहिले ७.५ प्रतिशत लाभकरबाट ५ प्रतिशतमा झार्यो त्यसपछी ५ प्रतिशतलाई ५ प्रतिशतलाई यो अन्तिम लाभकर हो भनेर भनिदिएको भए अहिले शेयर बजार पहिलेको १८०० विन्दु थियो त्यो नाघिसक्थ्यो होला भन्ने उनीहरुले उल्लेख गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको