Like us!
Follow us!
Connect us!
Watch us!

लायनस क्लबका सदस्यलाई नबिल बैंकको ब्रान्डेड भिसा कार्ड

विहीबार, १९ असार २०७६, ११ : ०१ मा प्रकाशित

लायनस क्लबका सदस्यलाई नबिल बैंकको ब्रान्डेड भिसा कार्ड

अर्थ संसार, काठमाडौं– नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिक बिच  ब्रान्डेड भिसा कार्ड दिने सम्बन्धी  सम्झौता भएको छ । सम्झौता अनुसार  लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने छ  ।

नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नु हुनेछ भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक  बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिनुभयो र साथै लायन्स मल्टिपल डिस्ट्रिकका तर्फ बाट चेयरपर्सन  डी. आर. खनालले उक्त कार्यको सर्हाना गर्दै नबिल बैंकलाई धन्यवाद दिनु हुदै यसको फाइदा लिनु हुन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह समेत् गर्नु भयो ।

उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८ र १९ का चारै डिस्ट्रिकका गवर्नरज्युहरु  सुनिल ओझा, सुदर्शन धर प्रधानाङ्ग, अशोक श्रेष्ठ साथै अनन्त भेट्वालज्युको उपस्तिथी रहेको थियो । .
 
सामाजिक हितका लागि सन् १९१७मा स्थापना भएको लायन्स ४६००० क्लब तथा एक करोड चालिस लाख सदश्य भएको बिस्वकै ठुलो संस्था हो । करिब ३२००० सदश्य रहेको लायन्सले १२०० क्लब मार्फत नेपालमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

त्यसैगरी नबिल बैंकले आÏनो ७९ शाखा, १३३ ATM र १५०० भन्दा बेशी नबिल रेमिट एजेन्ट मार्फत देशै भर बिशाल संजाल फैलाई सेवा सुबिधा दिदै आइरहेको छ ।.

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको