Like us!
Follow us!
Connect us!
Watch us!

घोडीघोडा लद्युवित्तको आइपिओमा पर्यो १८ गुणा बढी आवेदन

अर्थ संसार

सोमबार, २३ असार २०७६, ०७ : ०३ मा प्रकाशित

घोडीघोडा लद्युवित्तको आइपिओमा पर्यो १८ गुणा बढी आवेदन

अर्थ संसार, काठमाडौं– घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको  निशकासन गरेको साधारण शेयर (आइपिओ)मा १८.६२३ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार आइतबार बेलुका ५ बजेसम्म १ लाख २३ हजार ७७५ जना आवेदकबाट २४ लाख ५८ हजार २५० कित्ताको लागि आवेदन परेको छ ।

लुद्युवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको  हो । कम्पनीको शेयर न्युनतम कित्ता १० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसमध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

घोडीघोडाको आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलामा साउन १९ गतेसम्म भर्न सकिनेछ । आईपीओ बिक्रीपछि  यस लघुवित्तको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगनेछ ।

कहाँबाट आवेदन दिने ?

 यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

कति दिने आवेदन ?

पुँजी बजारमा लद्युवित्त वित्तीय संस्थाको  आइपीओमा लगानीकर्ता झुमिएको देखिन्छ । कम कित्ता र लगानीकर्ताको आवेदन बढी पर्ने भएकाले न्यूनमत कित्ता मात्रै आवेदन दिए हुनेछ ।

5d21e71b06b1c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको