पर्वतारोहण पर्यटन नेपालको पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । हुन पनि विश्वका अधिकांश देशहरुले विश्वभरिका पर्यटकहरुलाई आफ्नो देशमा पर्वतारोहण, पदयात्रा, जलयात्रा आदिका लागि आकर्षित गर्ने गरेको छ । त्यस्तै नेपालले पनि विश्वका धेरै भन्दा धेरै पर्यटकहरुलाई पदयात्रा र जलयात्राका साथै पर्वतारोहण वा हिमाल आरोहणमा गर्नमा पनि आकर्षित गराउन अझ सशक्त बदम चाल्नु पर्ने देखिन्छ ।
नेपालमा हिमरेखाभन्दा माथि लगभग १७ सय वटा हिमालहरु रहेका छन् भने नेपाल सरकारले पटकपटक गरेर ४ सय १३ वटा (५,५५० मिटर अग्लो छुकुङ–री देखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा एभरेस्टलगायतका) हिमालहरु पर्वतारोहणका लागि खुल्ला गरेको छ । त्यसमध्ये धेरै अघिदेखि तत्कालीन श्री ५ को सरकारले ३३ वटा स–साना हिमाललाई “ट्रेकिङ पिक’को रुपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, ती स–साना हिमाल चढ्न चाहने आरोहीलाई परमिट दिने, शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको छ ।
त्यस्तै पर्वतारोहणका लागि खुल्ला गरिएका बाँकी हिमालहरु भने नेपाल सरकारको मातहतमा छ । हुन त नेपालमा रहेका हिमालहरु नेपालका लागि मात्रै नभएर छिमेकी देशहरु भारत, बंगलादेश लगायतका देशको लागि पनि स्वच्छ खानेपानी, सिचाई विजुली बत्ती, आदिका लागि मुहान अर्थात् मुख्य श्रोतको रुपमा रहेको छ । पछिल्लो दिनमा मौसम परिवर्तनका कारण त्यही स्वच्छ खानेपानी, सिचाई विजुली बत्ती, आदिका लागि मुख्य श्रोतको रुपमा रहेको हिमालहरु पग्लेर हाम्रा लागि अभिशाप र दुःखको श्रोत पनि बन्दै गएको दुःखद स्थिति छ । निश्चय नै यसमा निर्दोष, निश्चल र अटल ती हिमालहरु दोषी नभएर हामी मान्छेहरु नै दोषको मुख्य भागीदारी हौं भन्नेमा दुईमत छैन । त्यसमा पनि विकसित देशहरु मुख्य रुपमा दोषी छन् ।
बाँकी रहेका आठहजार मिटर भन्दा अग्लो हिम शिखर भएका देशहरुमा चीन ८,८४८ मिटर चोमोलुङमा (एभरेस्ट) चीन–नेपाल सिमाना, ८,०१३ सिसा–पाङमा नेपाल–चीन सीमा र ८,६११ मिटर के–टु, ८,१२५ मिटर नांगा पर्वत पाकिस्तान, ८,०६८ मिटर गसेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, ८,०५६ मिटर ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८,०३४ मिटर गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमाना हो ।
माथि उल्लेखित यी दुइवटै देशहरुमा पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्क नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले कुनै पनि स–साना हिमाल देखि लिएर ठूला हिमालहरु चढ्दा लाग्ने शुल्क अर्थात् सलामी तस्तुर घटाउने लगायत अन्य अफिसियल झन्झटहरु हटाउने तर्फ सोच्नै पर्ने देखिन्छ । हुन त पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूर पश्चिम क्षेत्रमा रहेका केही हिमालहरु नेपाल सरकारले केही हिमालहरु निशुल्क र, केही हिमालहरु पचास प्रतिशत छुटमा चढ्नका लागि खुल्ला गरेको छ ।
भनिन्छ, ती निशुल्क चढ्न पाइने भनिएको केही हिमालहरु चढ्न पाऊँ भनी अनुमतिका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महशाखामा निवेदन हालेका छैनन् !
खासमा भन्ने नै हो भने यो वर्षको वसन्त ऋतुमा सगरमाथा लगायत हिमालमा देखिएको पर्वतारोहीहरुको भीडले पनि नेपाली पर्वटनमा पर्वतारोहणको योगदान त्यसको महत्व बढ्दै गएको देखाउँछ ।
यो सिजनमा सरकारले पर्वतारोहणबाट सलामी वापत विभिन्न हिमाल चढ्न आएका पर्वतारोहीबाट ४८ करोड ७३ लाख ८ हजार १ सय १२ रुपैँया सलामी रकम संकलन गर्यो । त्यसमध्मे सगरमाथा चढ्न आएका पर्वतारोहीबाट मात्रै ४३ करोड ६२ लाख ३० हजार ९ सय १२ रुपैँया संकलन गरेको छ । त्यस्तै आरोहण टोलीसँग जाने सरदार, गाइड, कक, किचन, हेल्पर, याक, नाक र चौंरीगाई, भरिया, आइसफल डक्टर आदिले ज्यालावापत पाउने (कमाउने) रकमको हिसाव अलग्गै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस