Like us!
Follow us!
Connect us!
Watch us!

फेस अफ मारवाडीको दोस्रो संस्करण हुने

मिलन खड्का

बुधबार, ०१ साउन २०७६, ०९ : ०४ मा प्रकाशित

फेस अफ मारवाडीको दोस्रो संस्करण हुने

अर्थ संसार, काठमाडौं– फेस अफ मारवाडी एउटा समुदायमा आधारित सौन्दर्य पेजेन्ट हो । हाल यसको दोस्रो संस्करण होटल डेल अन्नपूर्ण, दरबारमार्गमा हुन गईरहेको छ । यसको पहिलो संस्करण होटल सोल्टीमा सम्पन्न भएको थियो जस्ले अपार सफलता र माया बटुलेको थियो ।  

यी दुई संस्था– Page 3 Services Pvt. Ltd र Page 3 Haute Couture नै यस फेस अफ मारवाडी प्रतियोगिताका जन्मदाता हुन् । 

यस वर्ष बलिवुड सेलीब्रेटीहरुको उपस्थितीले यस प्रतियोगिताको गरिमा बढाउनेछ ।  बलिवुड सेलीब्रेटी करण कुन्द्रा (अभिनेता तथा मोडल) र लोकप्रिय नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा यस कार्यक्रमको होस्टीङ्ग समाल्नुहुनेछ । भारतका चर्चित नायिका एवमं मोडल श्वेता चौधरी, -Mrs. India Earth 2017) का साथै नेपालका चर्चित कलाकारहरु मूख्य जूरीमा हुनुहुन्छ । त्यस्तै नेपालका विभिन्न सम्मानित व्यक्तित्वहरुका साथै वरिष्ठ कार्यकर्ताहरुको पनि उपस्थिती रहनेछ । 

यस प्रतियोगिता २० जुलाई २०१९ होटल डेल अन्नपूर्णमा सम्पन्न हुनेछ । यस प्रतियोगितालाई देश तथा विदेशबाट विभिन्न सेलीब्रेटीहरुले एकदम चासो लिएर नियालिरहेका छन् । 

Page 3 ले Utsav Eventsको सहकार्यमा यस प्रतियोगिता आयोजना गर्दै छ ।  यस कार्यक्रममा मूख्य प्रायोजकका रुपमा Kanchanjanga अगरबत्ती र Jaguar छन् ।  यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर र इटहरीबाट १६ जना प्रतिस्पर्धीले सहभागीता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको