Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढयो सुनको भाउ, किन्नेले बेचेर कमाउने दाउ

मिलन खड्का

विहीबार, ०२ साउन २०७६, ११ : ४६ मा प्रकाशित

फेरी बढयो सुनको भाउ, किन्नेले बेचेर कमाउने दाउ

अर्थ संसार, काठमाडौं– आज बिहीवार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवार ६४ हजार ५००  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैया बढेर ६५०००  कारोबार रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी बुधवार  ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६४,७०० रुपैयामामा कारोबार हुँदै छ  ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपैयाँ काय म गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५ रुपैयाँ कायम गरेको छ। 
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६५६  रुपैयाँ कायम गरेको छ ।
 
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 

सुनको भाउ बढे सँगै बजारको सुनपसलमा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकको सङ्ख्या हुवाट्टै बढेको एक सुन व्यवसायी बताउछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको