Like us!
Follow us!
Connect us!
Watch us!

ऋतिक रोशन  र टाइगर श्राफले अभिनय गरेको चलचित्र "वारको" ट्रेलर अहिले यु-ट्युबको  ट्रेन्डिङमा ( ट्रेलरसहित )

मिलन खड्का

विहीबार, ०२ साउन २०७६, २१ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–बलिउडका चर्चित नायक  ऋतिक रोशन  र  नायक टाइगर श्राफले अभिनय गरेको हिन्दी चलचित्र वारको ट्रेलर अहिले नेपालको यु-ट्युबमा  ट्रेन्डिङमा रहेको छ ।

फिल्म ओक्टोबर २ मा रिलिज हुने बटाइएको छ । ट्रेलर हेर्दा फिल्म  भरपुर याक्सनले भरिएको देखिन्छ ।  चलचित्रमा ऋतिक र टाइगरको दुश्मनी देखाइएको बुझिएको छ ।

यी दुइले काम गरिरहेको यो  यशराज ब्यानरको नयाँ चलचित्रको हो  । फिल्म  सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन ।   यस चलचित्रलाई विभिन्न ६ वटा देशमा खिचिएको छ । दुई नायकको बिचमा नायिका बाणी कपुर लाई जोडी बनाइएको छ । तर दुई मध्य बाणी कस्को हुन्छिन् त्यो थाहा पाउन भने फिल्म नै कुर्नु पर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको