Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा अधिक तरलता १ बर्षको लागि ३५ अर्व निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १० : १७ मा प्रकाशित

बजारमा अधिक तरलता १ बर्षको लागि ३५ अर्व निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैकिङ प्रणालिमा आधिक तरलता भए पछि   नेपाल राष्ट्र बैकले आज मंगलबाट  १ बर्षको लागि  ३५ अर्ब निक्षेप संकलन गर्न लागेको  हो । राष्ट्र बैंकले १ बर्षको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् ।

निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा ‌कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि २०८४ असार १६ लाई तोकिएको छ । निक्षेपको ब्याज अर्धबार्षिक रुपमा भुतानी गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको