Like us!
Follow us!
Connect us!
Watch us!

ह्वावेको अटोपप–अपक्यामरा, अल्ट्रा फुलभ्यू डिस्प्लेका साथ मात्र रु. २९,९०० मा नेपालभरी अब उपलब्ध

मिलन खड्का

मंगलबार, ०७ साउन २०७६, १० : १३ मा प्रकाशित

ह्वावेको अटोपप–अपक्यामरा, अल्ट्रा फुलभ्यू डिस्प्लेका साथ मात्र रु. २९,९०० मा नेपालभरी अब उपलब्ध

अर्थ संसार, काठमाडौं– यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अपक्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ । 
ह्वावे थ्ढप्राइम २०१९सिरिजअन्तर्गत पप–अपक्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमाउपलब्ध छ । नेपालीबजारमा यो स्मार्टफोनको मूल्य रुपैयाँ २९,९९० तोकिएको छ । वाई नाइनप्राइम २०१९ कालो, नीलो र हरियो रगहरुमा उपलब्ध छ ।

उच्चकार्य क्षमता, शक्तिशाली किरिन ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टम जडित यो स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरू सहित अन्य विशेष विशेषताहरू रहेको छ । 

यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ– १६ एमपी+८ एमपी+२एमपी रियर क्यामरा सिस्टम रहेको छ । १६ एमपीको पप–अपक्यामराले जादूमय रूपमा काम गर्दछ । सामान्य अवस्थामा क्यामरा फोनको भित्र पट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ जस्तो कि सेल्फीहरू लिँदा यो स्वतः निस्किन्छ र स्क्रीनको अगाडि निस्कन्छ ।

पप–अपलेन्सलाई बाहिर पट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ र एकदमै सहजै काम गर्दछ । १६ एमपी क्यामरामा भएको एफ १.८ एपर्चरले समान्यतया हुने एफ २.२ एपर्चरले ५० प्रतिशत भन्दा बढी प्रकाश लिने गर्दछ र कम आवाज निस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वा आकाशको आकर्षक तस्वीरहरू खिच्न सक्दछ ।

पप–अपक्यामरा सँगै यो बजेट फोनमा अन्य धेरै विशेषताहरू रहेका छन् । ६.५९ ईन्चको फूल एचडी डिस्प्लेले ह्वावे थ्ढप्राइम २०१९सिरिजलाई  आकर्षक देखिने बनाएको छ र स्क्रीनमात्यस्तो केही स्लाइड वा नोचहरू छैनन् ।

२३४ ०ह् १०८० फूल एचडी डिस्प्ले र ३९१ पीपीआईको पिक्सल डेन्सिटीका साथमा ह्वार्वे थ्ढप्राइम २०१९ स्क्रीन म्याग्नी फाइङ ग्लास जस्तै काम गर्छ र सूक्ष्म रूपमा डिटेलहरू हेर्न सकिन्छ । 

ह्वावेथ्ढ प्राइम २०१९१२ एनएमको किरिन ७१० चिपसेट र ८ कोर आर्किटेक्चर जडान गरिएको छ जसले उच्च कार्य प्रदर्शन र अधिकतम क्षमता प्रदान गर्दछ । ४००० एमएएच ब्याट्री क्षमता बजारमा सबैभन्दा अग्रस्थानमा छ । किरिन ७१० एफचिपसेटले अधिकतम शक्ति क्षमता र विभिन्न खाले विशेषताहरूका साथमा यो फोन उपलब्ध छ ।

5d3692595ef0d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको